पाँचतारे होटल ईच्छाले ३० करोडको आईपीओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल नियुक्त



Advertisement
Ads

मधेश प्रदेशको पहिलो र एकमात्र पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणका लागि ३० लाख कित्ता (३० करोड रुपैयाँ बराबर) को आईपीओ निष्काशन गर्ने भएको छ। यसका लागि होटलले हिमालयन क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ। सम्झौतापत्रमा होटलका सीईओ रेवन्तप्रसाद धौभडेल र हिमालयन क्यापिटलका सीईओ परमेश्वर पन्तले हस्ताक्षर गरेका हुन्। रु. २०० करोड अधिकृत पूँजी र रु. १५० करोड जारी पूँजी रहेको होटलले जारी पूँजीको २०% सर्वसाधारणलाई दिनेछ।

२०७४ सालमा समाजसेवी ईच्छाबहादुर वाग्लेले भारतका योगगुरु बाबा रामदेवबाट उद्घाटन गराई सञ्चालनमा ल्याएको यो होटल २०७९ मा पाँचतारे मान्यता पाएको हो। प्रारम्भमा निजी लगानीमा सञ्चालन भएको होटल अहिले पब्लिक कम्पनीका रूपमा रूपान्तरण भइसकेको छ र संस्थापक पूँजी रु. १२० करोड पुगेको छ। पाँच विघा क्षेत्रफलमा फैलिएको होटलमा १०० कोठा, स्वीमिङ पुल, क्यासिनो, स्पा, क्लब हाउस जस्ता सुविधाहरू छन्। हाल मिनी क्यासिनो सञ्चालनमा रहेको भए पनि छुट्टै भवनमा स्तरीय क्यासिनो निर्माण कार्य भइरहेको छ। साथै, भारतको एक प्रसिद्ध होटल व्यवस्थापन समूहसँग होटल सञ्चालनको अन्तिम छलफल चलिरहेको र चाँडै सम्झौता हुने बताइएको छ। होटलको स्तरीकरण तथा रिनोभेसनको कार्य पनि सुरु भइसकेको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर