पाँच बैंक तथा वित्तीय संस्था परे राष्ट्र बैंकको कारबाहीमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ११ गते
पाँच बैंक तथा वित्तीय संस्था परे राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले आर्थिक अनुशासन उल्लंघन गर्ने पाँच बैंक तथा वित्तीय संस्थामाथि कारबाही गरेको छ।

तेस्रो त्रैमासको अनुगमनपछि मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, पोखरा फाइनान्स र जानकी फाइनान्सलाई विभिन्न आधारमा कारबाही गरिएको हो। मुक्तिनाथका अध्यक्षलाई सचेत गराइएको छ भने नारायणी डेभलपमेन्ट बैंकलाई लिखित आदेश दिइएको छ।

सालपा विकास बैंकलाई नसिहत दिइएको छ। पोखरा फाइनान्सलाई पाँच लाख जरिवाना र शीघ्र सुधारात्मक कारबाही गरिएको छ, भने जानकी फाइनान्समाथि पनि यस्तै कारबाही गरिएको छ।

PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स