कर्णालीमा पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालन, छिनछिनमा बत्ती जाने समस्या हट्ने

कर्णालीमा पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालन, छिनछिनमा बत्ती जाने समस्या हट्ने

नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको कोहलपुर–सुर्खेत खण्ड सञ्चालनमा आएसँगै उक्त प्रदेशको आर्थिक वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

उनले विगतमा ३३ केभी क्षमताको प्रसारण लाइनबाट कर्णाली प्रदेशमा विद्युत् आपूर्ति गर्दा ओभरलोड, बत्ती छिनछिनमा जाने र लो-भोल्टेजको समस्या रहेको बताउँदै, नयाँ आयोजनाले यी समस्यामा उल्लेख्य सुधार ल्याउने उल्लेख गरे। आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरूले उद्योग क्षेत्रमा सबैभन्दा बढी विद्युत् खर्च गर्न सक्ने पनि उनको भनाइ छ।

पुसको तेस्रो साता स्थलगत अवलोकन गर्दै कार्यकारी निर्देशक शाक्यले आयोजनालाई छिटो चार्ज गर्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए। आयोजनाका प्रमुख रविकुमार चौधरीले करिब ५२ किलोमिटर लामो कोहलपुर–सुर्खेत खण्डको काम प्राधिकरणको जिम्मेवारी अनुसार छिटो सम्पन्न भएको बताए। अब दोस्रो खण्ड, सुर्खेत–दैलेख खण्डको काम पनि तिव्र गतिमा अघि बढ्ने जानकारी उनले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स