अर्थमन्त्री स्वर्णिम वाग्लेले भने, ‘सेयर बजारको पुँजीगत लाभकर नै अन्तिम कर हो, भ्रम छर्ने काम नगरौँ’

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १७ गते
अर्थमन्त्री स्वर्णिम वाग्लेले भने, ‘सेयर बजारको पुँजीगत लाभकर नै अन्तिम कर हो, भ्रम छर्ने काम नगरौँ’

अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजारको पुँजीगत लाभकर नै अन्तिम कर भएको स्पष्ट पारेका छन्।

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले लगानीकर्ताहरूले मन्त्रालयमै आएर पुँजीगत लाभकरलाई अन्तिम कर बनाउन आग्रह गरेको र सरकारले उदारतापूर्वक उक्त माग पूरा गरेको बताए।

उनका अनुसार सरकारले पुँजीगत लाभकर संरचना समायोजन गर्दै ५ प्रतिशतलाई ७.५ प्रतिशत र ७.५ प्रतिशतलाई १० प्रतिशत कायम गरेको हो। यसलाई नै अन्तिम करका रूपमा घोषणा गरिएको उनले स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले बजेटपछि कर बढाइएको भन्ने गलत बुझाइ र भ्रम फैलाइएकोप्रति ध्यानाकर्षण गराउँदै यस्तो दाबी निराधार रहेको बताए। उनले भारतमा १० प्रतिशत र २० प्रतिशतसम्म पुँजीगत लाभकर रहेको उदाहरण दिँदै नेपालमा अझै पनि तुलनात्मक रूपमा कर दर नरम रहेको उल्लेख गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स