नोटबन्दीको विषयमा अर्थमन्त्रीले भने : “हामी त्यसो गर्दैनौँ”

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १६ गते
नोटबन्दीको विषयमा अर्थमन्त्रीले भने : “हामी त्यसो गर्दैनौँ”

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी (डिमोनिटाइजेसन) नगर्ने बताएका छन्।

सामाजिक सञ्जाल ‘एक्स’मा एक प्रयोगकर्ताको सुझावको जवाफ दिँदै उनले वर्तमान सरकार नोटबन्दीको बाटोमा नजाने बताएका हुन्। ‘एयरलाइन गाई’ नामक प्रयोगकर्ताले भारतले सन् २०१६ मा अपनाएको जस्तो नोटबन्दीको निर्णय नलिन सुझाव दिएका थिए।

ती प्रयोगकर्ताले नोटबन्दी प्रभावकारी नहुने, यसले विशेषगरी गरिब वर्गलाई पीडा दिने र समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने तर्क गरेका थिए। यसको जवाफमा अर्थमन्त्री वाग्लेले छोटो प्रतिक्रिया दिँदै भने, “हामी गर्दैनौं।”

किन चल्यो नोटबन्दीको बहस?

केही समययता नेपालमा भ्रष्टाचार र ‘कालो धन’ नियन्त्रणका लागि ५०० र १००० रुपैयाँका ठूला दरका नोट हटाउनुपर्ने बहस चर्किएको छ।

विशेषगरी ‘जेन–जी आन्दोलन’का क्रममा केही शीर्ष नेताका घरमा ठूलो परिमाणमा नगद जलेको घटनापछि यस्तो बहस अझ तीव्र बनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स