पोखरा भ्रमण वर्षका क्रममा बेलुन विस्फोटबाट घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन्। दुई दिनसम्म उपचार गराइरहेका मन्त्री पौडेललाई स्वास्थ्यमा सुधार देखिएकाले आज अस्पतालबाट घर फर्काइएको हो।
यसैबीच, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्यमा सुधार भइरहेको छ। तर, पहिलेदेखि उच्च रक्तचापको समस्या रहेकाले उनी अझै केही दिन अस्पतालमै रहने कीर्तिपुर अस्पतालले जनाएको छ।
अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, “दुवै जनाको जलनको घाउ निको हुँदै गएको छ, फोक्सोमा कुनै असर देखिएको छैन।”
सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट सीमित गरिएको अस्पतालले जानकारी गराएको छ।


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया