बेलुन विस्फोटमा परी घाइते भएका अर्थमन्त्री पौडेल पट्टी बाँधेरनै काममा फर्किए

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ११ गते
बेलुन विस्फोटमा परी घाइते भएका अर्थमन्त्री पौडेल पट्टी बाँधेरनै काममा फर्किए

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन्। फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोट हुँदा उनी घाइते भएका थिए।

घटनापछि कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचार गराएर डिस्चार्ज भएका पौडेलले अत्यावश्यक काम आफ्नो निवासबाट सम्पादन गरिरहेका थिए। हाल पूर्ण रूपमा सन्चो भइसकेको छैन, तर उनले हातमा पट्टी बाँधेरै मन्त्रालयमा काम सुरु गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स