अर्थमन्त्री पौडेलले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १५ गते
अर्थमन्त्री पौडेलले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै
AdvertisementAds

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले आज बजेट ल्याउँदै छ। आगामी आवको बजेट आज दिउँसो ३ बजे सार्वजनिक हुँदैछ ।

आज (बिहीबार) बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेपालको संविधान अनुसार हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सार्वजनिक गर्दैछन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

बिहीबार दिउँसो १ः३० बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन् । सोही दिन दिउँसो १ः४५ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने र दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स