उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आगामी आर्थिक वर्षको बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै कांग्रेस र एमालेबीच बजेटका कारण दूरी नबढ्ने स्पष्ट पारेका छन्। उनले बजेट देखाएर दुई दलबीच फूट ल्याउने प्रयासलाई निरर्थक भने। अर्थतन्त्र बिग्रनुमा अघिल्लो सरकारको नीतिहरू दोषी रहेको दाबी गर्दै उनले हालको बजेट यथार्थपरक र कार्यान्वयन योग्य भएको बताए।
पौडेलले ग्रेलिस्टबाट नेपाललाई बाहिर निकाल्न बजेटमा रणनीति बनाइएको उल्लेख गर्दै, अग्रिम आयकर हटाइएको, कर प्रणाली सुधारिने, तथा भूमि बैंकमार्फत बाँझो जमिन सदुपयोग गरिने जानकारी दिए। जलविद्युत् क्षेत्रमा ‘टेक एन्ड पे’ व्यवस्थाले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताए। उनले बजेटले साना आयोजना संघीय तहमा नल्याउने स्पष्ट पारे।
बूढीगण्डकी, दूधकोशी, हुलाकी राजमार्गजस्ता ठूला आयोजना र सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिइएको जनाउँदै, उनले विनियोजन विधेयक र राष्ट्र ऋण विधेयक पनि संसद्मा पेश गरेका छन्।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया