राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने जोखिम बढ्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सरकारकै नीतिगत त्रासका कारण ठूला लगानीकर्ताहरू बजारबाट बाहिरिन सक्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले त्यसलाई रोक्न तत्काल विशेष कदम चाल्नुपर्ने बताए।
सोमबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले हालको बजार गिरावटले लगानीकर्तामा नकारात्मक मनोविज्ञान बनेको भन्दै त्यसलाई सुधार्न आवश्यक नीतिगत निर्णय लिन सरकारसँग आग्रह गरे। उनका अनुसार सेयर बजारमा लगानीकर्ताले करिब ३ खर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोरेका छन्।
नयाँ र बलियो सरकार आएपछि उद्योगी–व्यवसायी उत्साहित भए पनि पछिल्लो समय सरकारले चालेका कदमका कारण पुँजी बजार अब नबढ्ने भन्ने नकारात्मक धारणा बनेको उनले बताए। यही कारणले नेप्सेमा लगातार उच्च अंकको गिरावट देखिएको स्टक ब्रोकर एशोसिएसनको भनाइ उद्धृत गर्दै उनले सरकारलाई बजारप्रति संवेदनशील हुन आग्रह गरे।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया