सर्किट ब्रेकरमा व्यापक हेरफेर, अब कति प्रतिशत घटबढ हुँदा बन्द हुन्छ बजार ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २४ गते
सर्किट ब्रेकरमा व्यापक हेरफेर, अब कति प्रतिशत घटबढ हुँदा बन्द हुन्छ बजार ?

सेयर बजारमा आउने तीव्र उतारचढाव नियन्त्रण गर्न प्रयोग हुँदै आएको ‘सर्किट ब्रेकर’ सम्बन्धी व्यवस्थामा महत्त्वपूर्ण परिवर्तन हुने भएको छ। नेप्सेले पठाएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली’ संशोधन प्रस्तावलाई सोमबार बसेको धितोपत्र बोर्डको सञ्चालक समिति बैठकले स्वीकृत गरेसँगै यस्तो व्यवस्था लागू हुने भएको हो।

नयाँ व्यवस्थाअनुसार, कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले बढे वा घटेमा १५ मिनेटका लागि कारोबार रोकिनेछ। त्यसपछि पनि बजारमा तीव्र उतारचढाव जारी रहँदै सूचक ८ प्रतिशतसम्म पुगेमा भने सो दिनका लागि कारोबार पूर्ण रूपमा बन्द गरिनेछ।

हालको व्यवस्थामा ६ प्रतिशतमा दिनभरका लागि कारोबार बन्द हुने प्रावधान थियो। नयाँ व्यवस्था अनुशार ४, ५ र ६ प्रतिशतको तीन तहको सर्किट प्रणाली हटेर ५ र ८ प्रतिशतको दुई तहको संरचना लागू हुनेछ।

नयाँ व्यवस्था कार्यान्वयनका लागि नेप्सेले आवश्यक प्राविधिक तयारी पूरा गरेपछि यसको कार्यान्वयन मिति नेप्से सञ्चालक समितिले तय गर्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स