नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै उक्त रकम संकलन गर्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र यसमा सहभागी हुन सक्नेछन्। निक्षेपको अवधि ३१ दिनको हुनेछ र यसको साँवा तथा ब्याज असोज १ गते भुक्तानी गरिनेछ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा बाँकी नजाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न मिल्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। यो कदम राष्ट्र बैंकको तरलता व्यवस्थापन रणनीतिको एक हिस्सा हो।

















प्रतिकृया