बैंकहरुमा अधिक तरलता, आज पनि २५ अर्ब तान्दै राष्ट्र बैंक

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १४ गते
बैंकहरुमा अधिक तरलता, आज पनि २५ अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता बढेपछि राष्ट्र बैंकले बुधबार २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। ४२ दिनका लागि बोलकबोलमार्फत निक्षेप तान्ने तयारी राष्ट्र बैंकले गरेको हो।

हाल कुल निक्षेप ७२ खर्ब नाघेको छ। वित्तीय प्रणालीमा देखिएको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन उपकरणमार्फत तरलता तान्न खोजेको हो।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। न्युनतम १० करोडदेखि अधिकतम सीमा तोकेर बोलकबोल गरिनेछ।

ब्याजदरको निर्धारण बोलकबोल प्रणालीमार्फत हुनेछ भने सावाँ तथा ब्याज भदौ २५ गते भुक्तानी गरिनेछ।

राष्ट्र बैंकका अनुसार मौद्रिक नीति लचिलो भए पनि सरकारी वित्त नीति प्रभावकारी नहुँदा लगानी नबढेको र अधिक तरलता व्यवस्थापन गर्न निक्षेप तान्नुपर्ने अवस्था आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स