एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समिति अध्यक्ष महेश्वर खनालको अध्यक्षतामा बसेको उक्त सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्दै ३० करोड पुर्याउने निर्णय गरेको छ। साथै, उक्त पूँजीको २६.३३ प्रतिशत हिस्सा सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
यस निर्णयअनुसार कम्पनीले अब १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नेछ। यसअघि सम्पन्न साधारणसभाले प्रतिकित्ता ५० रुपैयाँ दरमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो, तर नयाँ प्रस्तावअनुसार अंकित मूल्य १०० रुपैयाँ कायम गरिएको छ।
कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपाल लिमिटेडले ‘डबल बी माइनस’ (Double B Minus) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय अवस्था औसत रहेको संकेत गर्दछ।
सभाले साथै कपिल देव महतोको स्वतन्त्र सञ्चालकका रूपमा नियुक्ति पनि अनुमोदन गरेको छ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया