भोलिदेखि आईपीओ निष्काशन गर्दै एभरेष्ट कलर, कहिलेसम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १५ गते
भोलिदेखि आईपीओ निष्काशन गर्दै एभरेष्ट कलर, कहिलेसम्म भर्न पाइने ?
AdvertisementAds

एभरेष्ट कलर लिमिटेडले भोलि वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो कुल जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत (अर्थात् ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता) सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोही अनुमति बमोजिम, कम्पनीले कुल निष्काशनको १० प्रतिशतले हुन आउने ७९ हजार कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याएको हो।

यस आईपीओमा इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख २२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स