आज पनि काठमाडौंका यी स्थानहरुमा बत्ति जाने

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १७ गते
आज पनि काठमाडौंका यी स्थानहरुमा बत्ति जाने
Representative Image
AdvertisementAds

काठमाडौं उपत्यकाका केही स्थानमा आज (१७ गते) विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अस्थायी रूपमा कटौती गर्न लागिएको हो।

आज मण्डिखाटार र धुम्बाराही क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ। यस्तै, आगामी १९ गते बसुन्धरा र धुम्बाराही क्षेत्रमा पनि सोही समयमा बिजुली नआउने प्राधिकरणले जानकारी दिएको छ।

साथै, मौसम प्रतिकूल भएमा निर्धारित कार्यक्रमभन्दा बाहेक पनि विद्युत् आपूर्तिमा अवरोध हुन सक्ने प्राधिकरणले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स