इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

इंग्ल्यान्डले नेपाललाई जितका लागि १८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको हो।

इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाए। कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन योगदान गरे भने विल ज्याक्सले १८ बलमा १ चौका र ४ छक्कासहित अविजित ३९ रन बनाए।

नेपालका शेर मल्लले पहिलो बलमै इंग्ल्यान्डका ओपनर फिल साल्टलाई आउट गर्दै शुरुवातमा नै विकेट लिए। ५७/३ को अवस्थामा बेथेल र ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्ल्यान्डको इनिङ्स सम्हाले।

बलिङमा नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए। डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले १-१ विकेट लिए। शेर, आरिफ शेख, लोकेश बम र नन्दन यादवले यसै खेलबाट टी-२० विश्वकपमा नेपालको सिनियर राष्ट्रिय टिममा डेब्यू गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स