थापाथली आगलागीपछि ऊर्जामन्त्री घटनास्थलमा, तार व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय सुरु

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १३ गते
थापाथली आगलागीपछि ऊर्जामन्त्री घटनास्थलमा, तार व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय सुरु
AdvertisementAds

थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएका विद्युत तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन्।

बुधबार बिहान घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका मन्त्री श्रेष्ठले यस्ता अव्यवस्थित तारले जुनसुकै बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले यसको व्यवस्थापनमा ढिलाइ गर्न नहुने बताएका छन्। आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा तथा जनधनमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै तत्काल आवश्यक कदम चाल्न उनले निर्देशन दिएका हुन्।

मन्त्री श्रेष्ठको पहलमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौं महानगरपालिका तथा अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वय अघि बढाइएको छ। जोखिमपूर्ण अवस्थामा रहेका तारको तत्काल व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापनको कार्ययोजना कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

उनले नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै राजधानीका विभिन्न क्षेत्रमा वर्षौंदेखि अव्यवस्थित रहेका तारलाई व्यवस्थित बनाउने अभियानलाई थप तीव्रता दिइने बताएका छन्। यसैबीच, स्थानीयवासीले पनि थापाथलीसहित काठमाडौंका अन्य क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापनको काम प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स