कर्मचारी र जनप्रतिनिधिद्वारा गुरागाईंले गरे महानगर कार्यालय प्रवेश, कार्यकक्षमा रोकिएपछि ढोका तोडफोड
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालयमा हाजिर भएका छन्।
कार्यालय पुग्नेबित्तिकै नगर प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको थियो। प्रहरीले गेटमै रोक्न प्रयास गर्दा, कर्मचारी र जनप्रतिनिधिहरूको पहलमा उनलाई कार्यालय प्रवेश गराइएको थियो। तर, कार्यकक्षमा ताल्चा लगाइएको कारण गुरागाईंकार्यकक्षमा भने छिर्न पाएनन्। यस क्रममा कर्मचारी र जनप्रतिनिधिहरूले कार्यकक्षको ढोका तोडफोड गरेर ढोकाको सिसा फुटाएका छन्।