प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर मतदान जारी रहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा देशका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाताहरू उत्साहका साथ सहभागी भएका छन्।
मतदान सुरु भएको करिब तीन घण्टासम्म आइपुग्दा अधिकांश मतदान केन्द्रहरूमा मतदाताको लाम देखिएको छ। केही स्थानमा छिटपुट तनावका घटना भए पनि समग्रमा मतदान प्रक्रिया जारी रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।
दोलखा, सोलुखुम्बु र सर्लाहीका केही मतदान केन्द्रमा सामान्य तनावको अवस्था सिर्जना भए पनि अहिले मतदान पुनः सुचारु भएको जनाइएको छ।
अन्तरिम सरकार प्रमुख सुशीला कार्कीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा उम्मेदवारहरूले पनि आ–आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरिसकेका छन्।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनपछि उत्पन्न राजनीतिक संक्रमणको अन्त्य गर्ने महत्वपूर्ण कदमका रूपमा यस पटकको निर्वाचनलाई हेरिएको छ।

















प्रतिकृया