प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा मतदानका लागि खटिएका एक कर्मचारी पक्राउ परेका छन्।
मतदान गरिसकेका मतदातासँग “कसलाई भोट हाल्नुभयो ?” भनेर प्रश्न सोधेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। मतदान आचारसंहिता विपरीत मतदातालाई प्रश्न गरेको पाइएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उक्त निर्वाचन क्षेत्रमा नेकपाकी रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सबिता गौतमलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।




















प्रतिकृया