काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३ गते
काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
AdvertisementAds

आज बुधबार बिहान ४:०५ बजे काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ, जसको केन्द्रबिन्दु चीनको डिङ्जे क्षेत्र थियो।

यस्तै, पछिल्ला दिनहरूमा जाजरकोटको कुशे गाउँपालिका लगायत विभिन्न स्थानहरूमा लगातार भूकम्प गइरहेका छन्। मंगलबार बिहान ४.४ म्याग्निच्युड, सोमबार राति ४.१ म्याग्निच्युड, र चैत २१ गते ५.२ र ५.५ म्याग्निच्युडका दुई भूकम्प गएका थिए।

तीमध्ये केहीले सामान्य क्षति पुर्‍याएको रिपोर्ट छ।

साथै, चैत महिनामा दार्चुला र हुम्लामा पनि ४ र ४.५ म्याग्निच्युडका भूकम्प गएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स