राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीमाथि अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोप छ र थप अनुसन्धानका लागि यो हिरासत अनुमति प्रदान गरिएको हो।
प्रसाईं सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए। उनलाई भक्तपुरबाट ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। आरोप अनुसार, उनले २१ फागुनमा कुनै हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक रुपमा बोल्दै हिँडेका थिए।
यसअघि पनि उनी पक्राउ परेका थिए—वीरगञ्ज जान लाग्दा चाल्नाखेलबाट प्रहरीले उनलाई समातेको थियो भने त्यसअघि पोखराबाट पनि पक्राउ परेका थिए। निर्वाचनको मिति तोकिएको यता मात्र प्रसाईं तीन पटक पक्राउ परेका हुन्।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया