टाइम म्यागजिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ‘पर्सन अफ द इयर २०२४’ को रुपमा चयन गरेको छ। यो चयनले ट्रम्पको चमत्कारिक राजनीतिक पुनरागमनलाई मान्यता दिएको छ। नोभेम्बर ५ मा सम्पन्न निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका ट्रम्प आफ्नो विशिष्ट रातो टाई लगाएर र चिन्तनशील मुद्रामा पत्रिकाको आवरणमा देखा परेका छन्।
पत्रिकाले भनेको छ, “डोनाल्ड ट्रम्पले ऐतिहासिक पुनरागमनलाई सम्भव बनाउँदै, अमेरिकी राजनीति र राष्ट्रपति पदलाई नयाँ ढाँचामा ढाल्न र विश्वमा अमेरिकाको भूमिका परिवर्तन गर्न योगदान दिनुभएको छ। त्यसैले उनलाई २०२४ को पर्सन अफ द इयर घोषित गरिएको हो।”
यस वर्ष ट्रम्पलाई व्यापारिक घोटालाका अभियोगमा दोषी ठहर गरिएको थियो। त्यस्तै, उनीमाथि दुईपटक हत्या प्रयास भएको र अन्ततः दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमतका साथ ह्वाइट हाउस फर्कने तयारीमा रहेको उल्लेख गरिएको छ।
टाइमले आफ्नो विज्ञप्तिमा भनेको छ, “हामीले लोकप्रियताको पुनरुत्थान, संस्थाहरुमा बढ्दो अविश्वास र उदार मूल्यहरुको क्षीण प्रभावलाई देखिरहेका छौँ। यी सबैका केन्द्रमा ट्रम्प एउटा प्रतिनिधि पात्र र लाभार्थी दुवै हुनुहुन्छ।”
यो वार्षिक पुरस्कार वर्षकै सबैभन्दा प्रभावशाली व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले प्रदान गरिन्छ। अघिल्लो वर्षका विजेताहरुमा टेलर स्विफ्ट, भोलोदिमर जेलेन्स्की र २०१८ मा हिलारी क्लिन्टनलाई पराजित गरेर विजयी भएका ट्रम्प स्वयं समेत समावेश छन्।














![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया