डिशहोमले हकप्रद सेयर निष्काशन गर्दै

डिशहोमले हकप्रद सेयर निष्काशन गर्दै
Advertisement Ads

डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले आफ्ना विद्यमान सेयरधनीका लागि २५ प्रतिशत हकप्रद सेयर (Right Shares) निष्काशन गर्ने भएको छ।

कम्पनीको २०८३ साउन १३ गते सम्पन्न विशेष साधारणसभाको निर्णयअनुसार हाल कायम प्रत्येक ४ कित्ता सेयर बराबर १ कित्ता (१:४) अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले हकप्रद सेयर निष्काशन गर्न लागिएको हो।

हकप्रद सेयरमा आवेदन दिने अवधि २०८३ भाद्र ३ गते (१९ अगस्ट २०२६) देखि २०८३ असोज ८ गते (२४ सेप्टेम्बर २०२६) सम्म रहने कम्पनीले जनाएको छ।

कम्पनीले योग्य सेयरधनीलाई तोकिएको अवधिभित्र हकप्रद सेयरमा आवेदन दिन आग्रह गरेको छ। उक्त अवधिभित्र प्रयोग वा हस्तान्तरण नगरिएको हक स्वतः निष्क्रिय हुने तथा बिक्री नभएका हकप्रद सेयर प्रचलित कानुनअनुसार सञ्चालक समितिले व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ।

हकप्रद सेयरसम्बन्धी विस्तृत सर्त, आवेदन प्रक्रिया तथा आवेदन फाराम कम्पनीको प्रधान कार्यालय र आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स