नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का उपाध्यक्ष हेमराज ढकाल नियुक्त भएका छन्। केही समयदेखि खाली रहेको निजी क्षेत्रको प्रतिनिधित्व गर्ने स्थानमा ढकालको नियुक्ति भएको हो। बुधबार बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।
ढकाल हेरिटेज ग्रुप अफ इन्डस्ट्रीजका अध्यक्ष हुन्। उनको नेतृत्वमा हेरिटेज कार्पेट, हेरिटेज म्याट्रेस, हेरिटेज टी, व्यापार लगायत एक दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा रहेका छन्।




















प्रतिकृया