बालेनलाई उपमेयर सुनिताको चुनौती: कोठामा बसेर आदेश नदिनुहोस यहाँ आएर समस्याको समाधान गर्नुहोस

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २१ गते
बालेनलाई उपमेयर सुनिताको चुनौती: कोठामा बसेर आदेश नदिनुहोस यहाँ आएर समस्याको समाधान गर्नुहोस
AdvertisementAds

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर निर्देशन नदिएर आफै आगाडी आएर समस्या समाधान गर्न आग्रह गरेकी छन् । बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा देखिएको समस्याका कारण उनले महानगरमै आएर समस्या समाधान गर्न आग्रह गरेकी हुन् ।

“मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनुभएको छ,” उनले भनिन्, “उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो होइन । कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन ।”अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत गुरागाईं दोषी प्रमाणित नभएकाले काम गर्न दिनुपर्ने उनको तर्क छ । “त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सरपीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन,” उनले भनिन् ।

उनले अगाडि भनिन्, “यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ,” उनले भनिन् ।

काठमाडौं महानगरपालिकाबाट निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले तीन महिना १४ दिनपछि आज कार्यालय गएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भनेको एक महिनापछि उनी कार्यालय गएका हुन् ।

तर, उनलाई महानगर प्रहरीले बलले रोक्ने प्रयास गरेको थियो । उनी महानगरका कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए । गुरागाईं ०८१ पुस १४ गते निलम्बनमा परेका थिए । काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको थियो ।

AdvertisementAds

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स