बैंकिङ प्रणालीमा अधिक तरलता जम्मा भएपछी, नेपाल राष्ट्र बैंकले पुनः पैसा खिच्न निक्षेप संकलन उपकरण प्रयोग गर्ने भएको छ।
केन्द्रीय बैंकले आज, चैत २५ गते, बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने योजना बनाएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल सञ्चालन हुनेछ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँ दरले भाग गर्दा बाँकी रकम कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल साधारण ब्याजदरमा वा बहु ब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
यस निक्षेप संकलन उपकरणमा भाग लिन सक्ने संस्थाहरू ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र हुनेछन्।
यो ५६ दिने निक्षेप संकलन हुनेछ र जेठ २० गते मूलधन तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल भएको छ। बैंक तथा वित्तीय संस्थाहरू ३ प्रतिशत हाराहारीको ब्याजदरमा केन्द्रीय बैंकलाई पैसा दिन बाध्य छन्।

















प्रतिकृया