राष्ट्र बैंकमा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर, कार्यकारी निर्देशकमा नागिलाको बढुवा

राष्ट्र बैंकमा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर, कार्यकारी निर्देशकमा नागिलाको बढुवा

नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक नरेश शाक्यको अवकाशपछि रिक्त रहेको कार्यकारी निर्देशक पदमा बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला बढुवा भएका छन्।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार नागिलालाई जनशक्ति व्यवस्थापन विभागको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ। उनको बढुवासँगै अन्य केही कार्यकारी निर्देशकहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ।

जनशक्ति व्यवस्थापन विभागमा कार्यरत गुरुप्रसाद पौडेललाई गभर्नरको कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै, गभर्नरको कार्यालयमा रहेका मुक्तिनाथ सापकोटालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पठाइएको छ।

संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा कार्यरत राजनविक्रम थापालाई भने नरेश शाक्यको अवकाशपछि रिक्त भएको लघुवित्त संस्था सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स