७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १३ गते
७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ७० वर्षमाथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र नलागू गर्न माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले राष्ट्रिय परिचयपत्र लागू गर्दा घरघरमा गएर वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

खतिवडाले भने, “अहिले देशभर राष्ट्रिय परिचयपत्र लागू गरिएको छ। तर ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई यसलाई लागू नगरियोस्। यदि लागू गर्ने अवस्था छ भने, प्रत्येक पालिकाको वडामा परिचयपत्र वितरण गर्ने व्यवस्था गरियोस् र वडाका कर्मचारीहरूले घरघरमा पुगेर यो कार्य सम्पन्न गरुन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स