राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर गरिएको रिटमा बहस सकिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको हो।
यस रिटमा दुई सातादेखि ‘हेर्दाहेर्दैमा’ राखेर बहस हुँदै आएको थियो। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय बदर गर्न माग गर्दै अधिवक्ता युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीसहितको टोलीले रिट दायर गरेका थिए।
भण्डारीले लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् र काठमाडौं, कास्की, पर्सा तथा रुपन्देही जिल्ला अदालतमा दर्ता भएका मुद्दा संशोधन गर्न पत्रमार्फत आदेश दिएकी थिइन्।





















प्रतिकृया