विशेष अदालत, काठमाडौंले नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सोमबार न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा चालिसेसँग पुर्पक्षका लागि धरौटी माग गर्ने निर्णय सुनाएको हो।
मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको पुर्पक्षका लागि चालिसे सोमबार अदालतमा उपस्थित भएका थिए। अदालतले चालिसेसँग बयान लिएको पश्चात् थुनछेक र धरौटी सम्बन्धी आदेश दिएको छ।
अख्तियारले चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो। चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर पनि हुन् र मेयर रहँदा अकुत सम्पत्ति आर्जन गरेको आरोप अख्तियारले लगाएको छ।
















प्रतिकृया