insta insta

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठबारे प्रकाशित समाचार हटाउन अदालतको अन्तरिम आदेश

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठबारे प्रकाशित समाचार हटाउन अदालतको अन्तरिम आदेश
Advertisement Ads

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठबारे प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतले नेपाल खबर र बिजमाण्डुलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

श्रेष्ठले आफूविरुद्ध अपमानजनक र तथ्यहीन समाचार आएको भन्दै जेठ २६ गते निषेधाज्ञा निवेदन दायर गरेका थिए। न्यायाधीश पिताम्बर शर्माको इजलासले समाचारले इज्जतमा आँच पुर्‍याएको ठहर गर्दै तुरुन्त हटाउन आदेश दिएको हो। विपक्षी पक्षको धारणा सुन्न असार ४ मा छलफल बोलाइएको छ।

यो आदेशप्रति पत्रकार महासंघका पदाधिकारीहरूले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको भन्दै सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्, यद्यपि महासंघले आधिकारिक धारणा भने अझै सार्वजनिक गरेको छैन।

aadesh a 1162025064625 1000x0 1 https://bajarkochirfar.com/court-issues-interim-order-to-remove-news-published-about-securities-and-exchange-board-of-nepal-chairman-shrestha | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स