प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रतिपक्षमा हुँदा गरिएका गतिविधि सत्तामा पुगेपछि अमर्यादित भन्न नमिल्ने बताएका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै पर्चा प्रदर्शन गरेको विषयलाई सभामुख डोलप्रसाद अर्यालले अमर्यादित भनेकोप्रति आपत्ति जनाए।
राईले अहिले सत्तामा रहेको दल प्रतिपक्षमा हुँदा संसद्मा निलो स्कार्फ बाँधेर वेल घेराउ गर्ने, पलेटी कसेर बस्ने र पुस्तक पढ्ने जस्ता गतिविधि गरेको स्मरण गराउँदै अहिलेको विरोधलाई मात्रै अमर्यादित भन्न नमिल्ने बताए। उनले त्यतिबेला भएका गतिविधि र अहिलेका विरोध दुवै मर्यादित नभएको कांग्रेसको निष्कर्ष रहेको पनि उनले बताए।
‘आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो । सरकारको जबाफदेहिता खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो, वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो। त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो । मेरो प्रश्न – आफैले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लाकार्ड कसरी अमर्यादित?,’ उनले भने।
राईले प्रतिपक्षी दलहरूले सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन खोजिरहेको उल्लेख गर्दै त्यसमा सभामुखको सहयोग नपाएको गुनासो गरे । ‘यो सदनको अभिभावक तपाईं हो, सदनको गरिमामा एक इन्च तलमाथी हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ । हजुरले जवबसम्म रूलिङ गरेर ‘ म सँग दुई तिहाई छ, म सदन मान्दिन भन्दै’ केही सय मिटर दुरीमा रहनुभएको प्रधानमन्त्री र सरकारलाई सदन प्रति जवाफदेही बनाउन र यहाँ उपस्थित गराउन सक्नुहुन्न – हिजो निलो स्कार्फ बाधेर विरोध गर्ने र आज प्लेकार्ड प्रदर्शन गर्ने कार्य रोकिन्न । बेलैमा सभामुख महोदय र सरकारको ध्यान जाओस्,’ उनले भने।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया