नेपाल शेयरबजार लगानीकर्ता संघले धितोपत्र बजारमा हालै लागू गरिएको सर्किट ब्रेक र मूल्य नयाँ व्यवस्थाविरुद्ध संघीय संसदको सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गराएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले षडयन्त्रमूलक ढंगबाट सीमित स्वार्थ समूहलाई फाइदा पुऱ्याउने गरी गैरकानूनी नीति लागू गरेको दाबी गर्दै संघले तत्काल खारेज गर्न माग गरेको हो।
संघका अध्यक्ष हरिबहादुर केसीद्वारा हस्ताक्षरित उजुरीमा नियामक निकायहरूले कानूनी प्रक्रिया मिच्दै ‘राज्यभित्र अर्को राज्य’ जस्तो व्यवहार गरेको आरोप लगाइएको छ। संघले देशको अर्थतन्त्रको ऐना मानिने पूँजी बजारमा आबद्ध करिब ७६ लाख ५५ हजार सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्नुको सट्टा उनीहरूको लगानीलाई गम्भीर जोखिममा पार्ने काम भएको आरोप लगाएको छ।
संघले यस कार्यमा संलग्न अधिकारीहरूलाई तत्काल निलम्बन गरी संसदीय समितिमार्फत उच्चस्तरीय छानबिन गर्न र दोषी देखिएमा हदैसम्मको कारबाही गर्न माग गरेको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया