सञ्चारमन्त्री गुरुङ भन्छन्, “कोमामा रहेको अर्थतन्त्रलाई हामीले आइसियुमा फर्कायौं अब छिटै लयमा फर्किन्छ”



Advertisement
Ads

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको अर्थतन्त्रलाई कोमाबाट आइसियुमा ल्याइसकेको र अब छिट्टै लयमा फर्काउने दाबी गरेका छन्। बिहीवार काठमाडौंमा आयोजित नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “जब हामी सरकारमा आएका थियौं, अर्थतन्त्र साँच्चै नै कोमामा थियो, तर अहिले हामीले यसलाई आइसियुमा ल्याएका छौं। अब यसलाई पुनः लयमा फर्काउनका लागि काम गरिरहेका छौं।”


Advertisement

मन्त्री गुरुङले हालको सरकार अर्थतन्त्रको समस्याहरू समाधान गर्न समर्पित रहेको उल्लेख गरे। उनले थपे, “अर्थतन्त्रलाई लयमा फर्काउनको उद्देश्यले कानूनी र नीतिगत समस्याहरू समाधान गर्नका लागि अध्यादेश ल्याइएको हो।”


Advertisement

मन्त्री गुरुङले विशेष ध्यान आइटी क्षेत्रको विकासमा दिइएको बताए, जसलाई उद्योगको रूपमा स्थापित गर्नका लागि अध्यादेशमा प्रावधान गरिएको छ। “आइटी क्षेत्रको विकास र यसको प्रतिस्पर्धात्मकता वृद्धिका लागि अध्यादेशले महत्वपूर्ण परिवर्तन ल्याएको छ,” उनले भने।

यसको अतिरिक्त, उनले नेपाल सरकारको उद्देश्य जिडिपीमा डिजिटल अर्थतन्त्रबाट ३ प्रतिशतको योगदानको अपेक्षासमेत व्यक्त गरे। “यो अध्यादेश आइटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास हामीलाई छ,” उनले भने, “यस महिनाभित्र एआईको नीति निर्माण पनि सम्पन्न हुनेछ।”

मन्त्री गुरुङले आईटी व्यवसायीहरूको चासोलाई सम्बोधन गर्दै, विदेशमा पनि आफ्नो कम्पनीको शाखा खोल्न र प्रतिस्पर्धा गर्नको लागि सन्देश दिएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर