वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि घटाए ब्याजदर

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ३१ गते
वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि घटाए ब्याजदर

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित विवरण अनुसार, अधिकांश बैंकहरुले असोज महिनाको तुलनामा ब्याजदर घटाएका छन्।

बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर भदौ महिनामा ५.४६ प्रतिशतविन्दु रहेकोमा, असोजमा ०.२६ प्रतिशतविन्दुले घटेर ५.२० प्रतिशतविन्दुमा आएको छ।

२० वाणिज्य बैंकहरुमध्ये १४ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्, जसका कारण औसत ब्याजदर तल झरेको हो। बाँकी ६ बैंकले भने असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि ०.२२ प्रतिशतविन्दुले घटेको छ।

कात्तिक महिनामा सबैभन्दा बढी संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाउने बैंकमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक रहेका छन्। यी दुबै बैंकले व्यक्तिगत र संस्थागत दुबै निक्षेपमा ब्याजदर १ प्रतिशतविन्दुले घटाएका छन्।

यस्तै, नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने असोज महिनाकै दरलाई यथावत राखेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स