सिटी पे र छिटो पैसा गाभिए, वैशाख ३ देखि एकीकृत कारोबार सुरु गर्ने

सिटी पे र छिटो पैसा गाभिए, वैशाख ३ देखि एकीकृत कारोबार सुरु गर्ने
Advertisement Ads

नेपालका दुई डिजिटल वालेट ‘सिटी पे ’ र ‘छिटो पैसा’ आपसमा गाभिएर एकीकृत रूपमा सुरु गर्ने भएका छन्। मर्जरपछि कम्पनी ‘सिटी वालेट प्रालि’ कै नामबाट सञ्चालनमा आउनेछ।

नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले दुवै संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व नयाँ बन्ने संस्थाले व्यहोर्ने गरी मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ। यससँगै दुवै वालेटका सेवा वैशाख ३ गतेदेखि एकीकृत रूपमा सञ्चालन हुनेछन्।

मर्जरपछि दुवै प्लेटफर्मका प्रयोगकर्ताहरूले ‘सिटी पे’ मार्फत डिजिटल सेवा प्रयोग गर्न सक्नेछन्।यसअघि पनि नेपालमा डिजिटल वालेट क्षेत्रमा मर्जरको सुरुवात भइसकेको छ। ‘खल्ती’ र ‘आईएमई पे’ गाभिएर ‘खल्ती बाई आईएमई’ को रूपमा सञ्चालनमा आइसकेको छ।

सिटी वालेट (सिटी पे) सिटी एक्सप्रेसद्वारा प्रवर्द्धित वालेट हो भने ‘छिटो पैसा’ मा राइड सेयरिङ कम्पनी ‘पठाओ नेपाल’का लगानीकर्ताहरूको लगानी छ।

नेपाल राष्ट्र बैंकका अनुसार मर्जरअघि सिटी वालेटको चुक्ता पूँजी १० करोड रुपैयाँ र छिटो पैसाको २ करोड ६५ लाख रुपैयाँ रहेको छ। मर्जरपछि संयुक्त कम्पनीले डिजिटल भुक्तानी तथा रेमिट्यान्स क्षेत्रमा थप आक्रामक विस्तार गर्ने देखिन्छ।

Advertisement Ads

city wallet merger approved notice 1775128939545 https://bajarkochirfar.com/city-pay-and-chhito-paisa-merge-integrated-transactions-to-begin-from-april-3 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स