सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका दुईवटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। क्यापिटलको सञ्चालक समितिको बैठकले सिटिजन्स म्युचुअल फण्ड २ (CMF2) र सिटिजन्स सुपर ३० म्युचुअल फण्ड (C30MF) का इकाइधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सिटिजन्स म्युचुअल फण्ड २ का इकाइधनीहरूले गत वर्षको नाफाबाट करसहित ८.२५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् भने सिटिजन्स सुपर ३० का इकाइधनीहरूले करसहित १२.७५ प्रतिशत नगद लाभांश पाउनेछन्।
लाभांश वितरणका लागि दुबै फण्डले भदौ १३ गते बुक क्लोज गर्ने योजना बनाएका छन्। यस अनुसार भदौ १२ गतेसम्म कायम इकाइधनीहरूले मात्र वितरण हुने नगद लाभांश प्राप्त गर्न सक्नेछन्।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया