SHAREHUBSHAREHUB

सर्वसाधारणका लागि प्रतिकित्ता १०६ रुपैयाँमै सिटिजन्स बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ७ गते
AdvertisementAds
सर्वसाधारणका लागि प्रतिकित्ता १०६ रुपैयाँमै सिटिजन्स बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले एक जना संस्थापक सेयरधनीको नाममा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको हो।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीसँगै इच्छुक व्यक्ति तथा कम्पनीहरूले पनि आवेदन दिन सक्नेछन्।

आवेदन दिन चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन बुझाउनुपर्नेछ।

बैंकले यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स