सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १४ हजार १२०.०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता सोही बैंकका विद्यमान संस्थापक सेयरधनीलाई दिइने व्यवस्था छ। यसअनुसार हालका संस्थापक सेयरधनीले मात्र उक्त सेयर खरिद गर्न पाउनेछन्।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
बिक्रीमा राखिएको संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यदि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट खरिद निवेदन नआएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया