सिटिजन्स बैंकले संस्थापक समूहका १ लाख ६९ हजार २१३ कित्ता सेयर बिक्रीमा राखेको छ। यस सेयरमा बैंकमा इच्छुक जो सुकै व्यक्ति वा संस्था आवेदन दिन सक्नेछन्।
आवेदन दिनको लागि ३५ दिनको समय दिइएको छ र इच्छुक संस्थापक सेयरधनीहरूले आवेदन काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रति कित्ता १२५ रुपैयाँ तोकिएको छ।
















प्रतिकृया