सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवौं वार्षिक साधारणसभा भोलि पुस १८ गते बस्दैछ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे सुरु हुनेछ।
सभामा हाल कायम चुक्ता पुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ। साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गरिनेछ।
त्यसैगरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समितिका सदस्यहरूको सेवा सुविधा सम्बन्धी प्रस्ताव, साथै कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते एक दिन बुक क्लोज गरेको थियो। जस अनुसार पुस ७ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया