सरकारले देशभरका सरकारी कार्यालयहरूमा कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले बिहीबार सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।
शाखाका अधिकृत पिताम्बर सारूले पठाएको पत्रमा कर्मचारीको उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न भनिएको छ। विद्युतीय प्रणाली नभएका कार्यालयहरूमा तत्काल आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।
त्यसैगरी, कर्मचारीको आगमन र प्रस्थान दुवै हाजिरी विद्युतीय प्रणालीमार्फत नै गर्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ।
साथै, हाजिरी विवरण प्रत्येक १५ दिनमा प्रिन्ट गरी प्रमाणित गर्न र त्यसको अभिलेख सुरक्षित रूपमा राख्न पनि निर्देशन दिइएको छ।










![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया