बालबालिका,असक्त र ९० वर्षभन्दा माथिका नागरिकले राष्ट्रिय परिचयपत्र नबनाए पनि हुने



Advertisement
Ads

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र नभए पनि बालबालिका, असक्त, असहाय र ९० वर्षभन्दा माथिका नागरिकलाई आवश्यक सेवा प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सेवा प्राप्तिमा कुनै बाधा नपरोस् भनेर यस्तो व्यवस्था गरिएको बताएका हुन् ।


Advertisement

गृहमन्त्रीले थपे, “बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, असक्त र असहाय व्यक्तिहरू, साथै ९० वर्षभन्दा माथिका नागरिकहरूले राष्ट्रिय परिचयपत्र नभए पनि सेवा प्राप्त गर्न सक्नेछन्।”

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर