बालकलाकार सचिनको अन्त्येष्टि गरियो, बुवाको आँखा दान गर्ने इच्छा अधुरो

बालकलाकार सचिनको अन्त्येष्टि गरियो, बुवाको आँखा दान गर्ने इच्छा अधुरो
AdvertisementAds

हिजो विहिबार निधन भएका बालकलाकार सचिन परियारको आज अन्त्येष्टि गरिएको छ । पशुपतिमा रहेको विद्युतीय शवदाहगृहमा उनको केहीबेरअघि दाहसंस्कार गरिएको हो ।

सचिनलाई दाहसंस्कारका लागि हिजै पशुपति पुर्‍याइएको थियो । तर, आफन्तजनको पर्खाइमा २४ घन्टासम्म शवदाहगृहमा यत्तिकै राखियो । भर्खरै उनको परिवारजन, आफन्तसहित सीमित व्यक्तिहरूको उपस्थितिमा दाहसंस्कार भएको हो ।

सचिनलाई पशुपति ल्याइएपछि बाबु तेजेन्द्र परियारले उनको आँखा दान गर्न खोजेका थिए । आफ्नो छोराको आँखाले अरुले संसार हेरुन् भन्ने उनको चाहना पूरा भने भएन । आँखा दानको प्रक्रियाका लागि आएका स्वास्थ्यकर्मीले सचिनको रिपोर्ट हेरेपछि आँखा दान गर्न नमिल्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स