प्रधानन्यायाधीश राउत आजदेखि अवकाशमा जाँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १७ गते
प्रधानन्यायाधीश राउत आजदेखि अवकाशमा जाँदै

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्। २०८१ असोजमा संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानन्यायाधीशमा नियुक्त भएका राउतले आफ्नो कार्यकाल पूरा गर्दै अवकाश लिन लागेका हुन्।

उनको अवकाशसँगै सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्। राउत यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा गएपछि उक्त पदमा नियुक्त भएका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स