instainsta

चिजबल उत्पादन गर्ने कम्पनी अमुदी फुड्सले २० करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २६ गते
चिजबल उत्पादन गर्ने कम्पनी अमुदी फुड्सले २० करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई
AdvertisementAds

अमुदी फुड्स लिमिटेडले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा २० करोड रुपैयाँ बराबर २० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने योजना बनाएको छ। यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। साउन २६ गते नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अमुदी फुड्सको तर्फबाट अध्यक्ष अच्युत बस्नेत र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

अमुदी फुड्सको कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३२, कोटेश्वरमा रहेको छ भने चितवनको भरतपुर वडा नं. १२, गोन्द्राङमा फुड्स उत्पादन उद्योग सञ्चालनमा छ। यस कम्पनीमा प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद र ख्यातीप्राप्त व्यक्तित्वहरूको लगानी छ। कम्पनीले U-n-Me ब्रान्डमार्फत गुणस्तरीय स्न्याक्स उत्पादन गर्दै आएको छ र नेपाली स्वादलाई स्वदेश तथा विदेशमा पुर्‍याउने लक्ष्य राखेको छ। नुडल्स उत्पादनमार्फत क्षमता अभिवृद्धि गरी बजार विस्तार र रोजगारी सिर्जना गर्ने योजनामा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स