पेट्रोल र ब्याट्री दुवैबाट चल्ने सस्तो ईभी नेपाली बजारमा सार्वजनिक, मूल्य १० लाख ९० हजार रुपैयाँ मात्रै

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ११ गते
पेट्रोल र ब्याट्री दुवैबाट चल्ने सस्तो ईभी नेपाली बजारमा सार्वजनिक, मूल्य १० लाख ९० हजार रुपैयाँ मात्रै

नेपाली बजारमा मिनी इलेक्ट्रिक कार खोज्नेका लागि हिमालयन ईभी प्रालिले नयाँ विकल्प ‘एनयू सनसाइन’ सार्वजनिक गरेको छ। यसको मूल्य १० लाख ९० हजार रुपैयाँ तोकिएको छ। पेट्रोल र ब्याट्री दुवैबाट चल्ने यो कार सहरभित्रको यात्रा लागि उपयुक्त छ।

यसमा १० किलोवाट क्षमताको मोटर र ६ किलोवाट–आवरको लिथियम आइरन फोस्फेट ब्याट्री जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा १०० किमी रेन्ज दिने कम्पनीको दाबी छ। यसको अधिकतम गति ४८ किमी प्रतिघण्टा हो। विशेषतास्वरूप यसमा ४ लिटरको पेट्रोल ट्याङ्कसहितको जेनेरेटर पनि छ, जसले ब्याट्री सकिएपछि चार्ज गर्न मिल्छ।

५ ढोका भएको यो मिनी कारमा ४ जनाले आरामले यात्रा गर्न सक्छन्। यसमा १२ इन्चको ह्वील, १५० मिमी ग्राउन्ड क्लियरेन्स, डिस्क ब्रेक, एसी र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता सुविधा छन्।

मोटरमा २ वर्ष र ब्याट्रीमा ३ वर्ष वा ३०,००० किमिको वारेन्टी दिइएको छ। लन्च अफरमा बीमा, रोड ट्याक्स र स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्मको छुट उपलब्ध छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स