चौधरी ग्रुपले चितवनका तेजेन्द्र पौडेलविरुद्ध दायर गरेको लिखित गाली बेइज्जती मुद्दा हारेको छ। पौडेलले फेसबुकमा वाइवाइ चाउचाउको गुणस्तरको आलोचना गर्दै “वाइवाइ वाइवाई चाउचाउ, कसैले नखानु” लेखेका थिए, जुन पछि चौधरी ग्रुपले ५ करोड रुपैयाँ क्षतिपूर्ति, २० हजार जरिवाना र २ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो।
तर, आइतबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले उक्त मुद्दामा ‘दाबी नपुग्ने’ फैसला सुनायो। यसअघि, काठमाडौँ महानगरपालिकाले वाइवाई चाउचाउको गुणस्तरबारे शंका व्यक्त गर्दै चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको थियो, जसपछि देशभर वाइवाई चाउचाउको गुणस्तरको विषयमा चर्चा सुरु भएको थियो।
पौडेलले फेसबुकमार्फत् आफूले मुद्दा जितेको घोषणा गर्दै, “आज बल्ल करिब १ वर्षमा न्याय पाएँ,” भने। उनले चितवन जिल्ला अदालत र सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्।















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया